दफा ३१
विदेशी मुद्रामा फिर्ता लैजान सक्ने
(१) विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगमा विदेशी मुद्रामा लगानी गर्ने विदेशी लगानीकर्ताले देहाय बमोजिमको रकम विदेशी मुद्रामा नेपाल बाहिर फिर्ता लैजान सक्नेछः-
(क) विदेशी लगानीको केही वा सबै भागको शेयर बिक्रीबाट प्राप्त रकम,
(ख) विदेशी लगानी बापत प्राप्त हुने लाभांशको रकम,
(ग) विदेशी ऋणको सावाँ र ब्याजको भुक्तानीको रुपमा प्राप्त रकम ।
(२) उपदफा (१) बमोजिम लगानी गर्ने अनुमतिपत्रवालाले दफा ११ बमोजिम सम्झौता गर्दा कुनै खास मुद्रामा लगानी फिर्ता लैजाने कुरा उल्लेख गरेकोमा सोही मुद्रामा नेपाल बाहिर लैजान पाउनेछ ।